ललितपुर महानगरलाई सबैभन्दा सफा सहर बनाउँछौँ : प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा सहर बनाउन बनाउन चाहेको बताएका छन् । मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख महर्जनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिरहेको बताए । उनले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताए । उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरूलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।
उनले भने, ‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा सहर बनाउन चाहन्छौँ । प्राकृतिक विपद्को सामना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौँ । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौँ । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला । तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ । त्यहाँ काम भइरहेको छ ।’
प्रमुख महर्जनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटमा प्रदर्शन भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडी बाटोमै रोकिए (तस्बिरहरू)
-
डा. बबी सिंह रिहा, थप अनुसन्धानको जिम्मेवारी सर्लाही प्रहरीलाई
-
विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
-
‘दलहरूबिचको चरम अविश्वासलाई हेर्दा मध्यावधिमा जानु नै ठिक हुन्छ’
-
नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा
-
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट