वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ
मस्को । रुसको सुरक्षा सेवाले एकजना २९ वर्षका पुरुषलाई पक्राउ गरेको छ । मस्कोको आवासीय भवनबाहिर स्कूटरमा लुकाएर राखिएको विष्फोटक पदार्थ विष्फोट गराएर परमाणु रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभ र उनका सहायकको हत्या गरेको मामिलामा ती पुरुषलाई पक्राउ गरिएको हो । नाम नखुलेका ती संदिग्धलाई युक्रेनको गुप्तचर निकायले किरिलोभको हत्याको सुपारी दिएको रुसको सरकारी सञ्चारमाध्यमले भनेका छन् ।
किरिलोभको हत्याको पछाडि ती उज्वेकिस्तानी नागरिकले आफ्नो हात रहेको बताएको युक्रेनको सुरक्षा सेवाले मंगलबार नै बताएको भन्दै स्रोतको भनाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको थियो । रुसको रसायनिक अस्त्र प्रमुख किरिलोभ आफ्नो वैधानिक निशाना बनेको र उनी युक्रेनविरुद्धको युद्ध अपराधमा संलग्न रहेको युक्रेनी स्रोतको भनाइ थियो । युक्रेनमा प्रतिबन्धित रसायनिक अस्त्रको व्यापक प्रयोगमा किरिलोभ जिम्मेवार रहेको उनको हत्याको एक दिनअघि सोमबार युक्रेनले भनेको थियो ।
रुसले बुधबार आतंकवादी गतिविधिको आशंकामा २९ वर्षका ती पुरुषलाई समातेको रुसको संघीय सुरक्षा सेवा (एफएसबी)को सार्वजनिक सम्बन्ध केन्द्रले भनेको छ । सोधपुछका क्रममा संदिग्धले सो कामका लागि आफूलाई युक्रेनी विशेष सेवाले नियुक्त गरेको भनेर बताएको भनिएको छ । किरिलोभको हत्या गरेबापत संदिग्धलाई १ लाख अमेरिकी डलर र यूरोपेली संघभित्र बसाई सर्ने अनुमति दिइएको पनि संदिग्धले बताएको एफएसबीको भनाइ छ । युक्रेनकै निर्देशनमा संदिग्ध मस्कोमा आएको र उनलाई घरमै बनाइएको विष्फोटक पदार्थ उपलब्ध गराइएको पनि बताइएको छ ।
संदिग्ध आफैंले किरिलोभ बस्ने अपार्टमेन्टको प्रवेश द्वारमा पार्क गरेर राखेको विद्युतीय स्कूटरमा विष्फोटक उपकरण राखेका थिए । किरिलोभको घरमा निगरानी गर्न उनले कार भाडामा लिएको र आफू भएको ठाउँबाट युक्रेनी शहर दनिप्रोमा आफूलाई सुपारी दिने व्यक्तिका लागि पठाउन भिडियो लाइभस्ट्रिम गर्ने क्यामरा पनि जडान गरेका थिए । किरिलोभ घरबाट बाहिर आउँदै गरेको देखेपछि संदिग्धले विष्फोटक पदार्थ विष्फोट गराएका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेयता रुसभित्रै मारिने किरिलोभ सबैभन्दा वरिष्ठ सैन्य अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण