जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीका विभाग तथा भातृ सङ्गठनहरूको बैठक बोलाएको छ । जसपा नेपालका १७ वटा विभाग र ११ वटा भातृ सङ्गठनहरू छन् । ती भातृ सङ्गठनहरूको अधिवेशन वैशाखभित्र सम्पन्न गर्ने गरी तयारीका लागि यो बैठक बोलाएको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।
विभागको बैठक पुस १९ गतेभित्र र भातृ सङ्गठनको पुस १५ गतेभित्र सम्पन्न गर्ने गरी तयारी चलिरहेको उनले बताए । ‘भातृ सङ्गठनको अधिवेशन भएको छैन’ उनले भने, ‘ती सबैको अधिवेशन वैशाखभित्र सम्पन्न गरिसक्नुपर्नेछ, जसले अधिवेशन गराउन सक्दैन त्यसको कार्य समिति खारेज हुने निर्णय पार्टीको यसअघिको बैठकले गरिसकेको छ ।’
बैठकमा समयमा कसरी अधिवेशन सम्पन्न गर्ने भन्ने विषयमा छलफल हुनुका साथै विभाग र भातृ सङ्गठनहरूलाई पार्टीले सञ्चालन गरिरहेको अभियानसँग कसरी जोड्ने भन्ने विषयमा कुराकानी हुने उनले बताए ।
साथै जसपा नेपालले सञ्चालन गरिरहेको सङ्गठन विस्तार कार्यसँग विभाग तथा भातृ सङ्गठनलाई कसरी जोड्ने त्यस विषयमा पनि छलफल हुने उनले बताए । जसपा नेपालले जिल्लादेखि पालिका तहसम्म सङ्गठन विस्तारको अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा हालसम्म पार्टीको मात्र संलग्नता देखिएको छ । त्यसमा पार्टीका भातृ सङ्गठन र विभागहरूलाई पनि जोड्ने प्रयासमा जसपा नेपाल लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण