काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो चार महिनामा १२४ वटा बलात्कारका घटना भएका छन् । २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका १२४ वटा घटना काठमाडौँ उपत्यकामा दर्ता भएका हुन् ।
गत वर्ष सोही अवधिमा ११३ मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्षको तुलनामा काठमाडौँ उपत्यकामा बलात्कारको घटना बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिएको छ ।
चालु आर्थिक वर्षको साउनपछि कार्तिकसम्मको अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै बलात्कारका मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘चार महिनाको अवधिमा जबरजस्ती करणीको घटना कोशी प्रदेशमा सबैभन्दा धेरै देखिएको छ ।’
सो अवधिमा कोशीमा १९५ वटा बलात्कार सम्बन्धी घटना दर्ता भएको थियो । गत आर्थिक वर्षको त्यही समयभित्र १८३ मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्षमा देशभर ८ सय २३ बलात्कारका मुद्दा दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा ८ सय ९ मुद्दा दर्ता भएका थिए । तुलनात्मक रूपमा बलात्कार बढेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण