राजनीतिक भागबण्डाका आधारमा नियुक्त डीनलाई खारेज गर्न अखिल (क्रान्तिकारी) को माग
बुधबार, ०३ पुस २०८१, १६ : ०३
काठमाडौँ । नेकपा (बहुमत) नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डा खारेज गर्न माग गरेको छ । ८ जना डीन र तीन जना निर्देशकहरू राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गरिएको भन्दै त्यसलाई खारेज गर्न भनेको हो ।
राजनीतिक भागबन्डाका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) ले भागबण्डा मिलाएर नियुक्ति गरेको भन्दै अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको हो ।
अखिल (क्रान्तिकारी) का नवनिर्वाचित अध्यक्ष विरेन्द्र शाहले एक प्रेश विज्ञप्ती जारी गर्दै राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण डिन र निर्देशकहरूको नियुक्ति बदर गरी मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउन भनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण