प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष रञ्जित तामाङले सुशासन, सामाजिक न्यायसहित समाजवादका लागि विचार मिल्ने शक्तिहरूबिच एकता आवश्यक भएको बताएका छन् । माओवादीसँग पार्टी एकता गर्ने निर्णय लामो समय प्रचण्डले कार्यान्वयन नभएको नेकपाले असन्तुष्टि जनाएको बेला तामाङले एकताका लागि जोड दिएका हुन् ।
२०८४ को निर्वाचनलाई २०६४ सालमा फर्काउन पनि विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य भएको बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै तामाङले लेखेका छन्– ‘माओवादीहरुको ०८४ लाई ०६४ मा फर्काउन पुनरएकता जरुरी छ ।
विकासका लागि, समृद्धिका लागि, सुशासनका लागि भ्रष्ट्राचार विरोधिहरुको मोर्चा जरुरी छ । शासकीय सुधारका लागि, मौलिक हक कार्यान्वयनका लागि सामाजिक न्यायसहित समाजवादका लागि विचार एजेण्डा मिल्नेरूबिच सहकार्य जरुरी छ ।’ मंगलबार सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले एकताका लागि आफूहरूले सदासयता देखाए पनि प्रचण्ड उदासिन भएको निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण