प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
दैनिक ७ वटा बलात्कारको घटना दर्ता
बुधबार, ०३ पुस २०८१, १६ : ४२
काठमाडौँ । प्रहरीले २४ घण्टामा ११७ जना मानिस पक्राउ गर्ने गरेको छ । एक दिनमा ११७ जना मानिसहरूलाई पक्राउ गर्ने गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर २४ घण्टामा ११७ जना आरोपीहरूलाई पक्राउ गर्ने गरेका छौँ ।’
एक दिनमा बलात्कार कसुरको ७ वटा मुद्दा प्रहरी कार्यालयहरूमा दर्ता हुने गरेको छ । दैनिक कुल १६२ मुद्दा दर्ता हुने गरेको एसएसपी अधिकारीले बताए ।
उनले भने, ‘२४ घण्टामा २० वटा आत्महत्याका घटना हुने गरेका छन् ।’
२०८१ साउनदेखि कार्तिक सम्म देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएका छन् । तर, गत वर्ष सो अवधिमा १८ हजार ९९८ मुद्दा दर्ता भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अपराधको ग्राफ बढेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण