उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
नयाँ दिल्ली । नयाँ दिल्लीको एक अदालतले बुधबार जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का पूर्व विद्यार्थी उमर खालिदलाई अन्तरिम जमानत दिएको छ। उमर खालिदले सात दिनको लागि यो जमानत पाएका हुन् । दिल्लीको कर्कर्डुमा अदालतले खालिदलाई आफ्नो नातेदारको विवाहमा सहभागी हुन डिसेम्बर २८ देखि जनवरी ३ सम्म जमानत दिएको छ। यसका लागि अदालतले केही सर्त पनि राखेको छ ।
जमानतमा उमर खालिदले आफ्ना आफन्त र साथीभाइलाई मात्र भेट्न सक्ने अदालतले जनाएको छ । यस अवधिमा उनी आफ्नो घर वा जहाँ कार्यक्रम भइरहेको छ, त्यहाँ बस्नेछन्। यसबाहेक अदालतले उनलाई सामाजिक सञ्जाल प्रयोग नगर्न र साक्षीसँग कुरा नगर्न भनेको छ । अदालतले धरौटीका लागि २० हजार रुपैयाँ धरौटी र दुई जनाको दस्तखत गराएको छ ।
उमर खालिदलाई आतङ्कवाद विरोधी कानुन ‘गैरकानुनी गतिविधिहरू (रोकथाम) ऐन अर्थात् यूएपीए अन्तर्गत मुद्दा लगाइएको छ।
विद्यार्थी नेता तथा सामाजिक कार्यकर्ता उमर खालिद सेप्टेम्बर २०२० देखि जेलमा छन् । उनीमाथि फेब्रुअरी २०२० मा उत्तर-पूर्वी दिल्लीमा हिंसा भड्काएको आरोप छ। उनीविरुद्ध दुईवटा एफआइआर दर्ता भएका छन् ।
एउटा मुद्दामा उमरले अप्रिल २०२१ मा जमानत पाएका थिए। दोस्रो मुद्दामा, उनीविरुद्ध यूएपीए अन्तर्गत आरोप लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण