सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
दमस्कस । रुसले सिरियाबाट आफ्ना सैन्य उपकरणहरू ओसार्न थालेको संकेत मिलेको छ । स्याटलाइटबाट खिचिएका तस्बिरको विश्लेषण गरेर विश्लेषकहरूले यस्तो निचोड निकालेको समाचारमा उल्लेख छ ।
सिरियामा रुसको नियन्त्रणमा रहेको बन्दरगाह र हवाई बेसमा सैन्य सवारी साधन थुप्रिएको तस्बिरहरूमा देखिन्छ । यसलाई रुसले आंशिक रूपमा सिरिया छाड्न लागेको रूपमा पनि अर्थ्याइएको छ ।
हवाई बेस भएको स्थानतिर रुसी सैन्य ट्रकको लस्कर नै गइरहेको भिडियो आफूले पुष्टि गरेको बीबीसीले बताएको छ । युद्धबारे अध्ययन गर्ने वासिङ्टन स्थित संस्था आईएसडब्ल्यूले पनि यसलाई सिरियामा रुसी सेनाको उपस्थिति कटौती गर्ने वा पूरै निकाल्ने तयारी भएको उल्लेख गरेको छ ।
मस्कोले दमस्कसमा नयाँ सरकारसँग वार्ता गरिरहँदा सावधानीका लागि यी कदम चालिएको हुन सक्ने आईएसडब्ल्यूले बताएको छ । बशर अल–असद सत्तामा रहँदा सिरियामा रुसी सेनाको बाक्लो उपस्थिति थियो । सन् २०११ मा गृह युद्ध शुरु भएयता असुलाई सत्तामा टिकाइरहन रुसले निकै सघाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण