इक्वेडरमा १४ घण्टे लोडसेडिङले जनता सडकमा, उद्योगतर्फको कटौती वर्षभर रहने
काठमाडौं । जलविद्युतलाई मुख्य उर्जा स्रोत बनाइरहेको इक्वेडर यतिबेला अन्धकारसँग जुधिरहेको छ । झण्डै २ करोड जनसंख्या भएको दक्षिण अमेरिकी देश इक्वेडर दैनिक १४ घण्टे लोडसेडिङ व्यहोरिरहेको हो ।
२३ सप्टेम्बरपछि सरकारले घोषणा गरेको लोडसेडिङले सिंगो मुलुकलाई अन्धकारमय बनाइदिएको छ । कमजोर विद्युत ग्रिड व्यवस्थापनका कारण विद्युत कटौती बढेको अधिकारीहरुले बताएका छन् ।
सुख्खाका कारण जलविद्युत उत्पादनसँग जोडिएका नदीहरु सुक्दै गएका र त्यसको मार विद्युत उत्पादनमा परेको बताइएको छ । सुरुमा वितरणको ग्याप मिलाउनका लागि सुरु गरिएको विद्युत कटौती लगातार तेस्रो महिना पनि बढाइएको छ । र, जसले कयौं इक्वेडरवासीको जीवन अस्तव्यस्त भएको छ ।
सार्वजनिक रुपमै सडक प्रदर्शन हुन थालेपछि राष्ट्रपति ड्याडियल नोबोआले शुक्रबारदेखि अधिकांश ठाउँमा लोडसेडिङ हट्ने आश्वासन दिएका छन् । यद्यपि, उद्योग क्षेत्रको विद्युत् कटौती वर्षको अन्त्यसम्म रहने सरकारी अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण