अपराध
महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या
शनिबार, ०६ पुस २०८१, ०९ : ३५

काठमाडौँ । महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान करिब ४ बजे सातआठ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए ।
हत्या गरिएका झा पूर्व गाविस सचिव भएको बताइएको छ । डीएसपी जयसवारले अहिले घट्नास्थलमा आफूहरू पुगेको र अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म