जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी नागरिक पक्राउ
बर्लिन । जर्मनीको एक क्रिसमस बजारमा तीव्र गतिको कारले ठक्कर दिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् । यो घटना जर्मनीको म्याग्डेबर्गको हो । मृत्यु हुनेमा एक बालक पनि सामेल छन् ।
सामाजिक सञ्जालमा उपलब्ध फुटेजमा पसलहरूबिचको साँघुरो लेनमा कार तीव्र गतिमा गुडिरहेको देख्न सकिन्छ, जसमा धेरैलाई कारले ठक्कर दिएको देखिन्छ।
स्थानीय अधिकारीहरू यो आक्रमण नियोजित भएको हुनसक्ने आशंका गरेका छन्। टिभीबाट प्राप्त तस्बिरमा एक संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको देख्न सकिन्छ ।
पक्राउ परेका व्यक्ति ५० वर्षीय साउदी नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति सन् २००६ देखि जर्मनीमा डाक्टरका रूपमा कार्यरत थिए ।
साउदी अरेबियाले जर्मनीमा भएको यो घटनाको निन्दा गर्दै जर्मनीका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै जर्मनीमा मारिएकाहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
जर्मनीको क्रिसमस बजारमा सवारी साधनका कारण मानिसको मृत्यु भएको यो पहिलो पटक भने होइन । आठ वर्षअघि पनि बर्लिनमा भएको यस्तै घटनामा १२ जनाको ज्यान गएको थियो । आक्रमण गर्ने व्यक्ति अनिस आमिरको इस्लामिक स्टेटसँग सम्बन्ध रहेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण