गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा
गाजा । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबिचको वार्ता ९० प्रतिशत पूरा भएको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बताएका छन् । ठुला विषयमा भने वार्ता हुन नसकेको र यसमा कयौँ काम गर्न बाँकी रहेको ती अधिकारीले बीबीसीलाई भनेका छन् ।
यी प्रमुख मुद्दाहरू मध्ये एउटा चाँहि फिलाडेल्फिया कोरिडोरमा इजरायली सैन्य उपस्थिति भएको बताइएको छ । यो करिडोर इजिप्टको सीमामा रहेको छ । दक्षिणी गाजा क्षेत्रमा यो रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो । इजरायल र हमासबीच दोहामा भइरहेको वार्ताको जानकारी पनि ती अधिकारीले साझा गरेका छन् । यसमा इजरायलसँग गाजाको सिमानामा धेरै किलोमिटर चौडा बफर जोन बनाउने बुँदालाई पनि समेटिएको छ ।
इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने अधिकारीले भनेका छन् । यी समस्या समाधान भएपछि केही दिनभित्रै युद्धविरामको सहमति हुन सक्ने र तीन चरणमा कार्यान्वयन हुने पनि उनले बताए ।
युद्धविरामको पहिलो चरणमा रिहा गरिएका प्रत्येक महिला सिपाही बापत २० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ । त्यसपछि इजरायली बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गरिनेछ । अझै केही बेपत्ता बन्धकहरू कहाँ छन् भनेर पत्ता लगाउन हमासलाई समय लाग्ने ठानिएको छ । गाजामा अझै ९६ इजरायली बन्धक रहेको अनुमान छ । यी मध्ये ६२ जना जीवित रहेको इजरायलको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
खान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
-
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण