नेकपाका केन्द्रीय कमिटीमाथि ८७ पोलिटव्यूरो सदस्यको फरक मत (नामावलीसहित)
काठमाडौं-तत्कालीन माओवादीका ८७ जना पोलिटव्यूरो सदस्यले एकीकृत पार्टीको केन्द्रीय कमिटीप्रति फरकमत राखेका छन् ।
उनीहरुले आफ्नो फरक मत नेकपाका एक जना अध्यक्ष प्रचण्डलाई बुझाएका छन् ।
तत्कालीन माओवादीभित्र केन्द्रीय कमिटी निर्माणमाथि असन्तुष्टि देखिएको छ ।
एमालेसँगको एकतामा तत्कालीन माओवादीको भागमा २०० केन्द्रीय सदस्य परेका थिए ।
वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन
४४१ केन्द्रीय कमिटीमा आफु नपरेको भन्दै माओवादीभित्र असन्तुष्टि देखिएको हो ।
नेकपाले जारी गर्यो ४४७ जना केन्द्रीय सदस्यको नाम (नामावलीसहित)
तत्कालीन माओवादीमा चार हजार केन्द्रीय सदस्य थिए ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीको अनौपचारिक बैठक आज भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई स्वीकृत गर्न र जिम्मेवारी तदारुकताका साथ लागू गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका थिए ।
बैठकमा सामाजिक न्यायसहितको समृद्धिको कार्यान्वयनमा जोड दिने र केन्द्र, प्रदेश र स्थानीय सरकार विधि र पद्धतिमा चल्नुपर्ने कुरामा जोड दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकतापछि नेकपा मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी भएको र गहन जिम्मेवारी काँधमा आएको बताएका थिए ।
नेकपाको बैठकमा ओलीको चेतावनीले हाँसोको फोहोरा
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले पार्टी एकतापछि पनि पूरानै पार्टीको नाम लिएर कहिलेकाही झुक्किने गरेको र त्यसले केही फरक नपार्ने बताएका थिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि बिग्रिने गरेका उदाहरण भएकाले त्यसबाट जोगिनुपर्ने बताएका थिए ।
दुई पार्टीबीचको एकताले विश्वलाई नयाँ सन्देश दिएको समेत उनले बताएका थिए ।
बैठकमा सबै केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् । सो हस्ताक्षर गरिएको माइन्युट निर्वाचन आयोगमा बुझाइने एक केन्द्रीय सदस्यले बताएका छन् । ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण