टाटे सिमीमा विषादीको मात्रा धेरै भेटियो
आइतबार, ०७ पुस २०८१, १२ : २३
काठमाडौँ । टाटे सिमीमा विषादीको मात्रा धेरै भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा टाटे सिमीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा ५८ प्रतिशतभन्दा बढी भएको फेला परेको हो ।
सर्लाहीबाट ल्याइएको उक्त टाटे सिमी खेमराज खरेलको ६६८ नम्बरको पसलबाट नमुना परीक्षणका लागि लिइएको थियो । उक्त सिमीमा ५८.०९७६ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको हो ।
कालीमाटीले अर्गानोफस्फेट र कार्वामेट नामक विषादी परीक्षण गर्दै आएको छ । यस्तो तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएमा उपभोग योग्य मानिन्छ र ३५ माथि ४५ भन्दा कम भएमा केहिदिन राखेर उपयोग गर्न सकिन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा उपयोग अयोग्य मानिन्छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण