शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
सोमबार, ०८ पुस २०८१, १० : ०४
काठमाडौँ । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ । जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई सोमबार बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो ।
तर, त्यहीँ उनलाई चिकित्सकले मृत घोषणा गरेको मानव बेचबिखनबाट प्रभावित महिलाहरुको पक्षमा काम गर्दै आएकी चरिमाया तामाङले जानकारी दिइन् । उदयपुरबाट दनुवारका ससुरा काठमाडौँ आउँदै गरेको र उनी आएपछि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तामाङले जानकारी दिइन् ।
दनुवारको निधनको खबरसँगै यतिबेला नेपाल मेडिकल कलेजमा शुभेच्छुकहरुको भिड लागेको छ ।
मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण