जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
काठमाडौँ । जामोयाममा समेत स्विमिङ गर्न सकिने खालको स्विमिङ पुल सञ्चालनमा आएको छ । काठमाडौँको बौद्धस्थित टाउन प्लानिङ (नयाँ बस्ती) मा अत्याधुनिक स्विमिङ ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ केही महिना अघिदेखि सञ्चालनमा आएको हो ।
उद्यमी भुवनराज लामिछानेले करिब ९ करोडको लगानीमा सञ्चालनमा ल्याएको स्विमिङ पुलसँगै जिम पनि गर्न सकिन्छ । इन्डोर हिटेड स्विमिङ पुलमा नेपालमा पहिलो पटक अत्याधुनिक शैलीको फिल्टर मेशिनबाट हरेक २४ घण्टामा पानी फिल्टर गरेर पानीलाई स्वच्छ तथा स्वास्थ्यवर्धक बनाएको छ ।
स्विमिङ पुलमार्फत लामिछानेले ‘लाइफ सेभिङ स्किल’ को पनि अभियान घोषणा गरेका छन् । लाइफ सेभिङ स्किलको अभियानमा विशुद्ध रूपमा जीवन बचाउने उद्देश्यले लिएको उनको भनाइ छ । हरेक वर्ष नेपालमा पौडी खेल्न नजाँदा सयौंले ज्यान गुमाउने गरेका छन् । सबैलाई पौडी खेल्न सिकायो भने त्यसरी हुने मृत्युलाई रोक्न सकिने उनको अपेक्षा छ । त्यसैले ‘लाइफ सेभिङ स्किल’ को अभियान नै घोषणा गरेका हुन् ।
उक्त सुविधा सम्पन्न स्विमिङ पुलमा पौडी खेल्न नजान्नेहरूलाई दक्ष प्रशिक्षकहरूद्वारा पौडी खेल्न सिकाइने सुविधा रहेको समेत बताए ।
पौडी खेल्नु मनोरञ्जनका लागि मात्र नभई शारीरिक व्यायामको सबैभन्दा उत्तम तरिका पनि रहेको उनको भनाइ छ । यसले स्ट्रेज म्यानेज्मेन्टमा पनि सहयोग पुर्याउने बताए । सबैभन्दा महत्त्वपूर्ण कुरा पौडी खेल्ने कला सिकियो भने प्राकृतिक विपत्तिमा निकै उपयोगी हुने उनको भनाइ छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई पौडी खेल्न सिक्नका लागि आग्रह गरे ।
रिफ्रेस रिक्रिएसन सेन्टरमा बजारमा उपलब्ध सबैभन्दा अत्याधुनिक उपकरणसहितको जीमखाना, काडिर्योदेखि साउना र ज्याकूजीको समेत व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभाव हटे पनि आयल निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
-
बागमती टी–२० कप : उपाधिका लागि चितवन र काठमाडौँ भिड्ने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण