नेपाल प्रिमियर लिग क्रिकेट
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
सोमबार, ०८ पुस २०८१, ११ : ५३

काठमाडौँ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद छन् ।
जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई नश्लिय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
-
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव
-
धनुषामा ट्याक्टरसहित ३ जना नियन्त्रणमा
-
यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची
-
विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावर : परराष्ट्रमन्त्री राणा