प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश सरकारहरूलाई आफ्नो अधिकार कार्यान्वयनका लागि खुट्टा कमजोर नपार्न आग्रह गरेका छन् । यातायात व्यवस्था विभागले सोमबार काठमाडौँमा आयोजना गरेको यातायात क्षेत्रमा देखा परेका समस्या समाधान एवम् विगतमा भएको निर्णयहरूको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस्तो बताए ।
यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले संविधानले नै दिएको यससम्बन्धी अधिकार कार्यान्वयनका लागि प्रदेश सरकारहरूले आँट गर्नुपर्ने उनको भनाई थियो । सवारी चालक अनुमतिपत्र छपाई, नवीकरण एवम् वितरण जस्ता कार्यहरु अब प्रदेशस्तरबाटै हुनुपर्ने उनले बताए । ‘सवारी चालक अनुमति पत्र छपाइलाई धेरै झन्झटिलो र जटिल नठानौँ, यो काम अब सबै प्रदेशबाटै हुनुपर्छ’ मन्त्री दाहालले भने, ‘अब एउटा ‘कटअप डेट’ तोकेर त्यस पछिको काम प्रदेशबाटै हुनेगरी सबै प्रदेशले तयारी थाल्नुहोला ।’
मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमति छपाईमा रहेका जटिलताहरूको अन्त्य गरी प्रदेशस्तरबाटै छपाई र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेश बिच समन्वय हुनुपर्ने बताए। यस्तै छपाई भएका ईम्बोष्ड नम्बर प्लेट जडान कार्यलाई तीव्रता दिन समेत उनले निर्देशन दिए ।
यातायात विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिकालाई दर्बिलो कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा सबै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण