शेखरको टिप्पणी– सभापतिकै कारण पार्टीमा विचलन छ‚ चुप लागेर बस्न सकिएन
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवानै गुटिय राजनीतिको प्रवर्धक भएको बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता कोइरालाले सभापति देउवा सन्त नेता किसुनजीको अनुयायी रहे पनि ६०–४० को भागवण्डाको सुरुवातकर्ता भएको बताए ।
‘अहिलेको आदरणीय सभापति किसुनजीको अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अप्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ‚’ उनले भने ।
नेता कोइरालाले पार्टीभित्र विचलन रहेको पनि स्वीकार गरे । आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले चुप लागेर बस्दा सभापति देउवाले पेलेको गुनासो गरे ।
‘अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०–६० को भागबण्डा भनेर भन्नुभयो,’ कोइरालाले सो अवसरमा भने, ‘मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अप्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ ।’
उनले अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ‚ त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने आफूलाई अनुभूति हुने गरेको उल्लेख गरे ।
आयोजक सन्त नेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले दिएको जानकारी अनुसार कार्यक्रममा प्राडा रमेश कुमार ढुङ्गेल र प्राडा राजेश गौतमले विचार राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण