उत्तराधिकारीको चर्चा बढ्दै जाँदा दलाई लामाले भने– म ११० वर्ष बाँच्नेछु
नयाँ दिल्ली । तिब्बती धर्मगुरु दलाई लामाको बुढा हुँदै गएका छन् । उनको उत्तराधिकारी को बन्छ भन्नेमा चर्को बहस भइरहेको छ । यही चिन्ताहरू बिच दलाई लामाले आफू ११० वर्षसम्म बाँच्ने बताएका छन् ।
८९ वर्षीय लामा गएको जुनमा आफ्नो घुँडाको शल्यक्रियाका लागि न्यूयोर्क गएका थिए । उनी नहुँदाको स्थितिमा तिब्बती बौद्ध धर्मावलम्बीहरूको भविष्यबारे पनि चर्चा भइरहेको छ । यस्तोमा लामाले आफ्नो स्वास्थ्यमा चिन्ता लिनुपर्ने कुरा नभएको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा लामालाई उनको स्वास्थ्यबारे सोधिएको थियो । यसको उत्तरमा उनले ‘मेरो सपनामा म सायद ११० वर्ष बाँच्नेछु ।’ भनेर भनेका थिए । आफ्नो घुँडा पनि निको भइरहेको उनले बताए । ‘यो कुनै गम्भीर समस्या होइन ।’ उनले भनेका थिए । यी कुरा उनले सहयोगीहरूको मद्दतले बिस्तारै हिँड्दै गरेका थिए । लामो दूरीको लागि उसले गल्फ कार्ट प्रयोग गर्ने गरेका छन् ।
१४औं दलाई लामा १९५९ को शुरुआती महिनाहरूमा हजारौँ तिब्बती अनुयायीहरूको साथमा भागेर भारत आएका थिए । दलाई लामाको उत्तराधिकारी आफूले छान्ने दाबी चीनले गरिरहेको छ । तर दलाई लामाले भने आफ्नो उत्तराधिकारी भारतमा छान्न सम्भव भएको बताएका छन् । चीनले कसैलाई आफ्नो उत्तराधिकारी चुनेमा उनको सम्मान नगर्ने चेतावनी पनि उनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण