वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
मङ्गलबार, ०९ पुस २०८१, १८ : ५७
काठमाडौँ । नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज खरिदबिक्रीको बेला नेपाली अधिकारीहरूलाई घुस दिएको पाइएपछि एएआर कर्प कम्पनीलाई अमेरिकाले ५५ मिलियन डलर (करिब ७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना गरेको छ ।
खरिद सम्झौताको ठेक्का लिन नेपाली अधिकारीहरूलाई एएआर कर्पले २.५ मिलियन डलर घुस दिएको प्रमाणित भएको थियो । एएआर कर्पले नेपालका सरकारी अधिकारीहरूलाई घुस दिएको स्वीकारेको अमेरिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०७३ सालमा नेपाल एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पबाट दुईवटा वाइडबडी जहाज किनेको थियो । यही विषयमा विशेष अदालतले मंसिर २१ गते फैसला सुनाइसकेको छ । जसमा तत्कालीन पर्यटन सचिव शंकर अधिकारी, निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगम सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानासहित १० जनालाई दोषी ठहर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण