लुम्बिनी कप महिला फुटबल फागुन १९ गतेदेखि
काठमाडौँ । लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि नेपालगन्जमा सुरु हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू नेपालगन्जस्थित महेन्द्र रङ्गशालामा खेलाइने छ ।
प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहने छ । प्रतियोगिता फागुन २९ गतेसम्म सञ्चालन हुने जानकारी बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले दिए । प्रतियोगिताले बाँके र यस क्षेत्रमा नयाँ प्रतिभाहरू जन्माउन योगदान पुर्याउने विश्वास पनि अध्यक्ष शाहीले व्यक्त गरे ।
यसअघि गत मङ्सिर १६ गते नेपाली महिला फुटबल राष्ट्रिय टोलीकी पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्वापो सुव्वाले संयुक्त रूपमा काठमाडौँमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए ।
लोगोमा शान्तिका अग्रदूत भगवान् गौतमवुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ । सो अवसरमा दुवै कप्तानले खुसी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई धन्यवाद दिँदै बाँके जिल्ला फुटबल सङ्घ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रूप लिन लागेको बताए । ’लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्नलायक इभेन्ट बन्ने निश्चित छ,’ शाहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण