स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ: स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु गरिसको बताएका हुन् ।
कार्यक्रममा उनले स्वास्थ्य बीमा, जनशक्ति वृद्धि, औजार मर्मत लगायत विषयमा कार्य भइरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधार गर्नका निम्ति प्रयत्न थली सेकेका छौँ ।’ उनले भने, ‘बीमाको क्षेत्रमा, औषधिको क्षेत्रमा, जनशक्ति वृद्धि गर्ने सन्दर्भमा हामीले काम सुरु गरीसकेका छौँ । उपकरण बनाउने सन्दर्भमा, भवनलाई व्यवास्थित बनाउने सन्दर्भमा, स्रोत बढाउने सन्दर्भमा काम अघि बढाएका छौँ ।’
देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित मन्त्रालयले बिहीबार र शुक्रबार दुई दिन स्वास्थ्य सम्मेलन गर्दै छ । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर