स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ: स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु गरिसको बताएका हुन् ।
कार्यक्रममा उनले स्वास्थ्य बीमा, जनशक्ति वृद्धि, औजार मर्मत लगायत विषयमा कार्य भइरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधार गर्नका निम्ति प्रयत्न थली सेकेका छौँ ।’ उनले भने, ‘बीमाको क्षेत्रमा, औषधिको क्षेत्रमा, जनशक्ति वृद्धि गर्ने सन्दर्भमा हामीले काम सुरु गरीसकेका छौँ । उपकरण बनाउने सन्दर्भमा, भवनलाई व्यवास्थित बनाउने सन्दर्भमा, स्रोत बढाउने सन्दर्भमा काम अघि बढाएका छौँ ।’
देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित मन्त्रालयले बिहीबार र शुक्रबार दुई दिन स्वास्थ्य सम्मेलन गर्दै छ । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण