‘दुखी आत्मा’ नेपालसँगै जापानमा पनि प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘दुखी आत्मा’ जापानमा पनि प्रदर्शन हुने भएको छ । फिल्म जापानका लागि यूएनए इन्टरटेन्मेन्टले खरिद गर्दै जापान प्रदर्शन निश्चित गरेको हो ।
यूएनएका प्रमुख उज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए ।
नेपालमा फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई जापानमा पनि सोही मितिमा रिलिज गरिने गुरागाईंले जानकारी दिए ।
दीपेन्द्र लामा निर्देशित फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ ।
सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा हिमाल कडरियाको लगानी छ । क्लकवर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन्, भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको अन्य देशबाट पनि माग भइरहेको निर्माता कडरियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा