बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
बुटवल । विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलको नयाँ गाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने भएको छ । आजदेखि २ दिनसम्म चल्ने गोष्ठी त्रिपिण्डी श्राद्ध, वास्तु एवं ज्योतिषसँग सम्बन्धित रहने आयोजक समितिले जनाएको छ ।
धर्मशास्त्र, वास्तु तथा ज्योतिषसँग सम्बन्धित विभिन्न विषयमा देखा परेका विषयवस्तुहरूमा त्यसैसँग सम्बन्धित विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत हुने विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका सभापति ज्योतिष जनार्दन न्यौपानेले जानकारी दिए ।
सो अवसरमा त्रिपिण्डी श्राद्धको औचित्य र विधिको बारेमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा देवमणि भट्टराईको प्रस्तुति रहने छ । यसै गरी व्रतबन्ध मुहूर्तका विषयमा हिमाल पञ्चाङ्गका पञ्चाङ्गकार प्राध्यापक डा विश्वनाथ त्रिपाठी, जन्म कुण्डलीमा पितृ दोष समस्या र समाधानका विषयमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ज्योतिष दीन नाथ पण्डित, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वास्तु विभागका प्रमुख लक्ष्मीप्रसाद सोतले वास्तु सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने न्यौपानेले बताए ।
कार्यक्रममा प्रवेश निःशुल्क रहेकोले सबै पण्डित, ज्योतिष तथा धार्मिक क्षेत्रका अगुवाहरू कार्यक्रममा सहभागी हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
-
कोशीका खानेपानी सचिवले ‘मैले हात उठाएँ’ भनेपछि सांसदले भने– झोला बोकेर जानु
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण