‘रंगी’ पोष्टर : सलोन डेलिभरी ब्वाई, नम्रता प्रेमी
काठमाडौँ । ‘रंगी’ फागुन २ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’को प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन् । फिल्मले प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसार सुरु गरेको छ ।
यस्तैमा फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । पोस्टरमा साइकलमा रहेका सलोनले फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सलोन र आयुषी खुसी मुद्रामा छन् । सलोनको अगाडि नम्रता लजालु भावमा उभिएकी छन् । पात्रको पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली देख्न सकिन्छ ।
सुरेश न्यौपानेको निर्देशनमा ‘डेब्यू’ फिल्ममा सलोन दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ । ‘मिस वर्ल्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठको यो डेब्यू फिल्म हो । फिल्मले बाबुछोरीको कथा भन्नेछ ।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
_5qiVU3qv61.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण