फिल्म‘जन्ते बाख्रो’को शुभमुहूर्त, तस्बिरहरु
_7Qx3dH6uyW.jpg)
काठमाडौँ । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेदेखि फ्लोरमा जान लागेको जानकारी दिइएको हो ।
फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो फिल्ममा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहनेछ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ ।
प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ । फिल्मलाई हरि हुँमागाईले खिच्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा