‘होस्टेल ३’ फागुन २३ मा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘होस्टेल ३’ फागुन २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति बाहिर ल्याएको हो ।
फिल्म स्वदेशसहित विदेशमा पनि यही मितिमा प्रदर्शन तयारी भइरहेको निर्देशक सशान कँडेलले बताए । पोस्टरमा फिल्मका ४ मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ । जसले फिल्म हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ । पोस्टरमा फिल्मका मुख्य कलाकार आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङका बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देखिन्छ ।
फिल्म क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणहरूको कथामा बनेको हो । सशान कँडेलको निर्देशन रहेको फिल्म सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको हो ।
कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सहनिर्माता र शङ्कर कोइराला फिल्मको कार्यकारी निर्माता हुन् । ‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ सिरिजको तेस्रो श्रृखला हो । फिल्मको नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्मस् हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण