नाटकीय पतनपछि न्युजिल्याण्डसँग ८ रनले हार्यो श्रीलंका
वेलिङटन । श्रीलंकाको ब्याटिङ नाटकीय रुपमा पतन हुँदा न्युजिल्याण्डले पहिलो टी–२० खेलमा ८ रनको रोमाञ्चक जित हात पार्न सफल भएको छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रन मात्र जोड्न सक्यो ।
ओपनरद्वय पाथुम निसांका र कुशल मेन्डिसले शतकीय साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए पनि अन्य ब्याटर नचल्दा टोलीले हारको सामना गर्न बाध्य बन्यो । १३.३ ओभरमा मेन्डिस ३६ बलमा ४६ रन बनाएर आउट हुँदा टोलीले १ सय २१ बनाइसकेको थियो । तर, त्यसपछि टोलीले एक पछि अर्को विकेट गुमाउँदै गयो ।
निसांकाले ६० बलमा ९० रन जोड्दै टोलीको आशा कायम राखे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । निसांकले आफ्नो पारीमा ७ चौका र ३ छक्का प्रहार गरे ।
श्रीलंकाको इनिङ्स ध्वस्त पार्न ज्याकब डफीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । म्याट हेनरी र जाकरी फोल्क्सले २–२ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको थियो । ६५ रन जोड्दा पाँच विकेट गुमाइसकेको टोलीका लागि डेरल मिचेल माइकल ब्रेसवेलले अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए ।
मिचेलले ४२ बलमा ६२ रन जोडे । उनले ४ चौका र २ छक्का हिर्काए । त्यस्तै, ५९ रनको योगदान दिएका ब्रेसवेलले ३३ बलमा पारीमा ४ चौका र ४ छक्का प्रहार गरे ।
श्रीलंकाका लागि बिनुरा फर्नान्डो, महिष थिकशाना र वानिन्दु हशरंगाले २–२ विकेट लिए । मथिषा पथिरानाले एक विकेट हात पारे ।
जितसँगै ३ खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । दोस्रो खेल सोमबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण