तेस्रो एनबिएसए लालीगुराँस बेसबल कपको उपाधि राइजिङ स्टारलाई
काठमाडौँ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा ललितपुरको भैँसेपाटीमा सम्पन्न तेस्रो एनबीएसए लालीगुराँस कपको उपाधि भक्तपुरको राइजिङ स्टार क्लबले जितेको । राइजिङ स्टार क्लब गोर्खा क्रु क्लबलाई १७-३ रनले जितेको हो ।
काठमाडौँ भक्तपुर र ललितपुरपुरका चाँगुनारायण, राइजिङ स्टार, गोर्खा क्रु, ललितपुर बेसबल सफ्टबल क्लब, श्रीकुल बेसबल र दिपकुन्ज स्कुल लगायतका ६ वटा टिमको सहभागी रहेको प्रतियोगिता लिग कम आउटको आधारमा खेलाइएको थियो। ललितपुरलाई १५-४ ले पराजित गर्दै चाँगुनारायण तेस्रो भयो ।
प्रतियोगिताको बेस्ट प्लेयर चाँगुनारायणका सफल थापा भए भने बेस्ट पिचर गोर्खा क्रुका अनिश परियार भए। विजयी खेलाडी तथा टिमहरूलाई राखेपका बोर्ड सदस्य अञ्जन धमला, ललितपुर महानगरपालिका वडा न १८ का वडा अध्यक्ष दामोदर खड्का, नेपाल बेसबल तथा सफ्ट्बल संघका अध्यक्ष दीपक न्यौपाने स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल लगायतले पुरस्कार,मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण