कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
आइतबार, १४ पुस २०८१, ०६ : ३९
सुर्खेत । कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए ।
प्रयोगशाला सञ्चालन गर्न नौ जन प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उनले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष २०७९/०८० मा प्रयोगशाला स्थापना भइसकेको छ । हाल उक्त प्रयोगशालाले कर्णालीका सबै जिल्लाको काम गर्दै आएको छ । वार्षिक रु २० लाख आम्दानी पनि भएको उनले बताए ।
प्रयोगशालामा बालुवा, सिमेन्ट, गिट्टीलगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुनेछ । ढलान भएका संरचना, कालोपत्र गरिएका सडक, ढलान हुनुअघिको ‘बेस’ र ‘सव–बेस’को ‘डेन्सिटी’ परीक्षण पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण