मार्सल लको समयमा यून सुकले सेनालाई दिएका थिए गोली हान्ने आदेश
सोल । दक्षिण कोरियामा मार्सल ल लगाएपछि निलम्बित भएका राष्ट्रपति युन सुक येओलले आवश्यक परेमा सेनालाई गोली चलाउने आदेश दिएको खुलासा भएको छ ।
अभिआयोजकहरूको प्रतिवेदनमा यो खुलासा भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । पूर्व रक्षामन्त्री किम योङ ह्युनविरुद्ध दायर गरिएको १० पृष्ठ लामो अभियोजन प्रतिवेदनमा निलम्बित राष्ट्रपतिले संसदमा प्रवेश गर्दा आवश्यक परेमा सेनालाई गोली चलाउने आदेश दिएको उल्लेख गरिएको छ ।
येओलले सेनालाई ढोका फ्टाउन र गोली हानेरै भएपनि सांसदहरूलाई बाहिर निकाल्न आदेश दिएको अभियोग पत्रमा भनिएको छ ।
डिसेम्बर ३ मा युनले आवश्यक परे मार्सल ल लगाइने भनेर तीन पटक बताएको पनि प्रतिवेदनमा भनिएको छ । मार्सल ल लगाएको अनि देशमा राजनीतिक सङ्कट उत्पन्न गराएको भन्दै यस महिनाको सुरुमा दक्षिण कोरियाको राष्ट्रिय सभाले येओललाई राष्ट्रपतिबाट हटाएको थियो ।
मार्सल ल लगाएको मामिलामा अहिले छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण