राजनीति
प्रचण्डले बोलाए पदाधिकारी बैठक
आइतबार, १४ पुस २०८१, १२ : ५२
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिए । ढकालका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेछ ।
‘काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारीको बैठक बोलाइएको हो । समसामयिक राजनीतिक विषय, स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि बोलाइएको हो’, रातोपाटीसँग उनले भने ।
यसअघि मङ्सिर २८ गते बसेको स्थायी समिति बैठकले पुस १८देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण