झारपातले कुरूप बन्दै राराताल
मुगु । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पु¥याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो ।
तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ । यसले तालको जैविक विविधतामा असर पुर्याउनका साथै तालको आकर्षण घटाएको छायाँनाथ रारा नगरपालिका–९ मुर्माका स्थानीय शिक्षक नन्दसिंह रोकायाले बताए । “रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो, पछिल्लो समय बढ्दै गएको झारपातले सुन्दरता हराउँदै गएकाले समयमा सफाइ गर्नुपर्छ”, उनले भने ।
रोकायाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गर्दथ्यो भन्दै आजभोलि अत्यधिक उर्मिएको झारपात र सरसफाइ नहुँदा ताल बिरूप देखिन थालेको बताए । “जताततै खुला सफा देखिने ताल आजभोलि दुर्गन्धित र बिरूप देखिन थालेको छ”, उनले भने ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावले समस्या भइरहेको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश नौपानेले रारातालको पश्चिमतर्फ, निजारलगायत केही स्थानमा भएको झारपात सफा गरी ताललाई सुन्दर रूप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिए ।
राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण