जसपा नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा. सुरेन्द्र यादव निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो ।
जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित सो बैठकले विभागको उप प्रमुखमा डा. अब्दुल कलाम अन्सारीलाई मनोनीत गरेको छ । विभागको सचिव र अन्य पदाधिकारी लगायत सदस्यहरू चयन गर्न आजै साँझ काठमाडौँमा विभागको बैठक बसेर टुङ्ग्याउने बताइएको छ ।
यसै गरी १३ सदस्यीय विभागको सदस्यमा डा. कविता साह, राजेश प्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनीत गरिएको छ ।
जसपा नेपालमा आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला यही माघको मसान्तमा आयोजना गरिने विभागका प्रमुख डा.यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण