प्रचण्डद्वारा बडी बिल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौँ विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरूलाई सम्मान गरेका छन् । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा उनले सम्मान गरेका हुन् ।
शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक प्राप्त गरेका थिए । रुजेशले ६० केजी तौल समूह, प्रज्वलले ६५ केजी तौल समूह रजनी ५५ केजी तौल समूह र र मुलगुठी स्विम सुट समूहबाट खेलेर रजत प्राप्त प्राप्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले यस क्षेत्रको विकासमा आफ्नो पार्टीले अत्यधिक महत्त्व दिने गरेको बताए । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको विकास र खेलाडीको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उनले खेल वैश्विक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए ।
‘नेपालमा विभिन्न विधाका खेल आयोजना गर्ने गरिएका छन् भने नेपाली खेलाडीहरूले विश्व तथा क्षेत्रीयस्तरका र विभिन्न देशसँगको प्रतिस्पर्धामा भाग लिएर देशको प्रतिष्ठा उँचो बनाउँदै आएका छन्’, उनले भने, ‘त्यसैले खेलकुदलाई राष्ट्रको महत्त्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’ आफूले खेलकुद र संस्कृतिको विकासलाई मानवीय विकासको महत्त्वपूर्ण पक्षको रुपमा लिने गरेको उल्लेख गर्दै उनले सबै पक्ष यी क्षेत्रको विकासमा संवेदनशील हुनुपर्ने बताए ।
अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले उज्यालो बाटोतिर लम्किरहेको खेल क्षेत्रको विकासमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने बेला आएको बताए । एकैपटक चार जना खेलाडीले रजत पद प्राप्त गराउने बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् नेपालका लागि महत्त्वपूर्ण विधा भएको उल्लेख गर्दै उनले यो खेलको संघलाई व्यवस्थित गर्न कार्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण