दक्षिण कोरियाको विमान दुर्घटनामा ज्यान गुमाएका १४१ जनाको सनाखत
सोमबार, १५ पुस २०८१, १० : २९
सोल । दक्षिण कोरियामा विमान दुघर्टनामा परेर मृत्यु भएका १७९ जनामध्ये १४१ जनाको सनाखत भएको छ ।
त्यहाँको भूमि मन्त्रालयले सोमबार यस्तो बताएको हो । अहिले १७९ जनाकै शवलाई अस्थायी शव घरमा राखिएको छ । अनुसन्धान एजेन्सीले अटोप्सी गरेपछि शवलाई परिवारलाई जिम्मा लगाइने मन्त्रालयले बताएको छ ।
पीडितका सामानहरू पनि दुघर्टनाग्रस्त विमानबाट जम्मा पार्ने काम भइरहेको पनि बताइएको छ । आइतबार भएको दुघर्टनाको कारणबारे छानबिन भइरहेकोले दुघर्टना भएको ठाउँलाई सुरक्षित रूपमा राखिने भएको छ ।
विमानमा रहेका १८१ जना मध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । यी दुवै जना चालक दलको सदस्य हुन् । यी दुवैको अस्पतालमा उपचार भइरहेको छ र दुवै खतरा बाहिर भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण