झापा पुगेर प्रचण्डले खाए केराको पातमा भात
विराटनगर । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केराको पातमा भात खाएका छन् । गौरिगञ्ज–१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार भात खाएका हु्न् ।
राजवंशीका अनुसार प्रचण्डले कोच राजवंशीको परम्परागत परिकार खाएका हुन् । जसमा उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो ।
आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताए । ‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो,’ तिलक राजवंशीले भने, ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’
प्रचण्डले दुईतिर खप्ट्याएर राखेको केराको पातमा भात खाएका थिए । प्रचण्डसहितको टोलीमा लगभग ७० जना थिए । जसमा वाइसिएल र सुरक्षाकर्मी पनि रहेको राजवंशीले बताए ।
प्रचण्डको टोलीमा उनकी छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्य, कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, झलकसिंह दर्लामीलगायतका नेताहरु सहभागी थिए । गौरिगञ्जमा आयोजित खबरदारी सभामा राप्रपा, एमालेलगायतको पार्टीबाट सयौँ माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको झापा माओवादी केन्द्रका संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण