हवाई सुरक्षाबारे छानबिन गर्न दक्षिण कोरियाले दियो आदेश
सोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले हवाई सुरक्षाबारे छानबिन गर्न आदेश दिएका छन् । १७९ जनाको ज्यान जाने गरी हवाई दुर्घटना भएको भोलिपल्ट उनले देशभर सञ्चालनमा आइरहेको सेवा प्रदायक कम्पनीको आकस्मिक सुरक्षा निरीक्षण गर्न आदेश दिएका हुन् ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा जेजु एयरको विमान धावनमार्गभन्दा पर रहेको पक्की पर्खालमा गएर ठोक्किएको थियो ।
चरासँग ठोक्किन सक्ने देखेपछि एयर ट्राफिक कन्ट्रोलले विमान होल्ड गर्न आदेश दिएको थियो । पछि विमानलाई विपरीत दिशाबाट ल्यान्ड गर्न अनुमति दिइएको थियो । तर अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लियो । यो घटनामा दुई जना क्रु मेम्बरबाहेक सबै जनाको मृत्यु भएको थियो । छानबिनको तथ्य तत्कालै मृतकको परिवारलाई बुझाउन अनुसन्धानकर्ताहरूलाई साङ–मोकले आदेश दिएका छन् ।
ल्यान्डिङ गियरमा समस्या आएपछि सोमबार उडेलगत्तै जेजु एयरको अर्को विमान सोल फर्किएकै समयमा साङ–मोकको यो आदेश आएको हो । यसरी फर्किने विमान पनि आइतबार दुर्घटनामा परेकै विमान मोडल अर्थात् बोइङ बी७३७–८०० थियो । जेजु एयरसँग कूल ४१ थान विमान छ ।
यीमध्ये ३९ थान विमान बी७३७–८०० मोडलको छ । आइतबारको घटनापछि बोइङले आफू जेजु एयरको साथमा भएको र सहयोग गर्न हरदम तयार रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण