कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त हुन्छ : कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन् ।
मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए । उनले भने, “विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।”
निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए ।
उनले भने, “कोइराला परिवार एक होइन विचार एक हुनु प¥यो । विचार एक भए हुन्छ ।” महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण