उत्पादनसम्बन्धी अध्ययन गर्न रिटर्नी सेन्टरले बनायो समिति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट जन सङ्गठन रिटर्नी सेन्टर नेपालले उत्पादन सम्भाव्यता अध्ययन समिति बनाएको छ। सङ्गठनका प्रमुख सल्लाहकार हेमन्त पौडेलको आतिथ्ययतामा सोमबार पार्टी कार्यालय पेरिसडाडामा बसेको सचिवालय बैठकले उत्पादन विभाग प्रमुख भीम लकान्द्रीको संयोजकत्वमा उत्पादन समिति बनाएको हो।
बढीमा ९ सदस्य रहने समितिले पार्टी नेता कार्यकर्ता, उद्योग व्यवसायी, विज्ञ, उत्पादनमा लागेका साथै वैदेशिक रोजगारीबाट फर्केका रिटर्नीहरूसँग अन्तरक्रिया गरेर प्रतिवेदन बुझाउने छ। समितिले सातै प्रदेशमा पुगेर उत्पादन सम्भाव्यता अध्ययन गरेर तीन महिना भित्र प्रतिवेदन बुझाउन समय दिएको अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले रातोपाटीलाई बताए ।
सम्बाहाम्फेका अनुसार रिटर्नी सेन्टरले उत्पादनलाई आफ्नो मुख्य लक्ष राखेको छ। यसैगरी सेन्टरले उत्पादनको उद्धेश्य पुरा गर्ने सङ्गठनको महासचिव घनश्याम भट्टराई अध्यक्ष र कोषाध्यक्ष धनाधोज मल्ल ठकुरी प्रबन्ध निर्देशक रहने गरि रिटर्नी इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्ने तयारी गरेको छ।
पार्टीको स्थायी तथा केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा सेन्टरले सो निर्णय गरेको हो। समितिले प्रतिवेदन बुझाएपछि पार्टीलाई पनि बुझाउने लक्ष रहेको अध्यक्ष सम्बाहाम्फेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण