५ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ ।
परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ । बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो ।
बुधबार १५० कम्पनीको मूल्य बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा बुधबार पनि नकारात्मक सर्किट लाग्यो ।
बुधबार फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिए । जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यो । विकास बैंक समूह १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण