मन्त्री पौडेलद्वारा एमपक्सबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । बुधबार बिमानस्थल पुगेर उनले एमपक्सको जोखिम फैलन नदिने गरी सजकता अपनाउन र प्रभावकारी सेवा दिन आग्रह समेत गरे ।
मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरूसहित अधिकारीहरूलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताए । हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री पौडेलले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र सचेतना फैलाउन इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिए ।
मन्त्री पौडेलले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर