दोस्रो विश्वयुद्धमा यौन दासी बनाइएका महिलाहरुको पहिलो भिडियो जारी

दक्षिण कोरियाले दोस्रो विश्वयुद्धको क्रममा जापानी सैनिकका लागि यौन दासी बनाइएका महिलाको पहिलो भिडियो जारी गरेको छ । यी यौन दासीलाई ‘कम्फर्ट विमन’ पनि भनिन्थ्यो । यो श्यामश्वेत भिडियोमा महिला नाङ्गो खुट्टा इट्टाले बनाइएको घरबाहिर उभिएको देख्न सकिन्छ जसलाई चीनको सङ्ग्शनमा सेनाद्वारा संचालित वेश्यालय पनि भनिन्छ ।
अनुसन्धानकर्ताका अनुसार उक्त भिडियो स्न १९४४ मा बनाइएको हो । १७ सेकेन्डको उक्त भिडिया अमेरिकी आर्काभइमा भेटिएको अनुसन्धानकर्ताले बताएका छन् । उक्त भिडियोमा लाइनमा उभिएका महिला एक सैनिकसँग कुरा गरिरहेको देख्न सकिन्छ ।
दोस्रो विश्वयुद्ध ताका जापानी सैनिकद्वारा राखिएका यौन दासीको प्रयोग सधैं विवादित मुद्दा बनेको छ । दक्षिण कोरियाले जापानी सैनिकले २ लाख कोरियाली महिलालाई जबर्जस्ती देह व्यापारमा धकेलेको बताएको छ ।
The first footage of Japan's World War II sex slaves has surfaced. pic.twitter.com/ZFfO9qIj0h
— AJ+ (@ajplus) July 10, 2017
अहिलेसम्म कोरियाली दाबीलाई प्रमाणित गर्नका लागि फोटो र पीडित नै प्रमाणको रुपमा थिए । यो भिडियो यूएस नेशनल आर्काइभ एण्ड रेकर्ड एड्मिनिस्ट्रेशनमा भेटिएको जुन पछिल्लो ७० वर्षदेखि बेवारिसे रुपमा राखिएको थियो ।
सोल युनिभर्सिटीले र सोल सराकारको एक समूहले उक्त भिडियोलाई पहिलेदेखि नै उपलब्ध तस्बिरसँग मिलाए र महिलालाई उनको कपडाबाट पहिचान गरे । अनुसन्धानमा संलग्न रहेका विश्वविद्यालयका प्राध्यापक कांग संगले भिडियोमा महिलालाई नाङ्गो खुट्टामा देखिनु नै उनलाई दासी बनाएको प्रमाण भएको बताए ।
डिसेम्बर सन् २०१५ मा जापानका प्रधानमन्त्री शिन्जो आबेले सैनिकद्वारा यौनदासी बनाइएका कोरियाली महिलासँग माफी मागेका थिए र पीडितलाई ४५ करोडभन्दा बढिको सहायता दिने बचन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल
-
दुई दशकदेखि व्यवस्थापनको पर्खाइमा शुक्लाफाँटा आरक्ष पीडित
-
सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित हुनुपर्छ : शेखरकुमार सिंह
-
अस्ट्रेलियाको केन्द्रीय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो
-
आरक्ष पीडितको समस्या समाधान गर्ने अधिकार स्थानीय सरकारसँग छैन
-
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला