काठमाडौँ । पूर्वी तराई तथा पहाडी जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्नका लागि वैकल्पिक सडकका रूपमा निर्माण गरिएको बीपी राजमार्ग इन्जिनियरिङको अनुपम उदाहरण बनेको छ । करिब २० वर्षको निरन्तर प्रयासपछि २०७२ साल असार १८ गते बीपी राजमार्गको निर्माण गरी जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
_YuMNepz40D.jpg)
नागबेली बीपी राजमार्ग काठमाडौँ र तराईसँगको सडक सञ्जाल स्थापित गराउने महत्त्वपूर्ण कसी बनेको छ । २०५० सालको भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बीपी राजमार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गरिएको थियो ।
_KobeJC2V8Q.jpg)
सोही योजना अनुसार जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट निर्माण कार्य सुरु गरेको थियो । राजधानी काठमाडौँलाई तराईसँग जोड्ने बनेपा–सिन्धुली–बर्दिबास सडक योजना सन् १९६० तिर केही भागमा कामसमेत थालनी भए पनि त्रिभुवन राजपथको निर्माणपछि यो सडकको निर्माण कार्य स्थगित भएको थियो ।
_sgVWmE0G57.jpg)
गत असोजमा रोसीको वितण्डाका कारण १८० किलोमिटर लानो राजमार्गको चौथो खण्डको एक नम्बर पुल, नमोबुद्ध नगरपालिका–६ र रोसी गाउँपालिका–७ को सिमाना कटुञ्जेबेसीनजिक करिब १५० मिटर सडक भत्काएको छ ।
_XfCg3gjJNH.jpg)
महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्मको कुल १६० किलोमिटर लम्बाइको बिपी राजमार्गलाई चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । १९ वर्षमा निर्माण सम्पन्न भएको यस राजमार्ग निर्माणमा जापान सरकारले २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
_WzsrddROkp.jpg)
_iNMf5aEqQu.jpg)
_p9h0Ymcds8.jpg)
_ChdlplUP2f.jpg)
_Cu8mwM1HHU.jpg)
_YAySPlCmnu.jpg)
_GdDYWGvjH7.jpg)
_wKFGKcRZa9.jpg)
_nX0NzZX84b.jpg)
_zFqaq1nSDW.jpg)
_6TBoaRo5t0.jpg)
_gnUMFCtdf9.jpg)
_UDf3BMh5Vg.jpg)
_gAFsxheqBF.jpg)
_MHuqiDjR3N.jpg)
_iFwdX46jam.jpg)
प्रतिक्रिया