परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
सारांश
- विराटनगरमा अखिल (क्रान्तिकारी)ले परीक्षा केन्द्रको विषयमा विरोध गर्दै तालाबन्दी गरेको छ।
- विद्यार्थीहरूलाई परीक्षाका लागि लामो दुरी यात्रा गर्नुपर्ने र परीक्षा नियन्त्रकले बेवास्ता गरेको आरोप छ।
- क्रान्तिकारीले परीक्षा केन्द्र नजिक सार्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ।
विराटनगर । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ । क्रान्तिकारीको विराटनगर महानगर समितिले विभिन्न माग राखेर परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो ।
विद्यार्थी संगठनका महानगर अध्यक्ष प्रितम साहका अनुसार कोशी र मधेस प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बीबीएस कार्यक्रमका विद्यार्थीहरूको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र झापा जिल्लास्थित दमक बहुमुखी क्याम्पसमा तोकिएको छ ।
परीक्षा नियन्त्रक कार्यालयको निर्णयका कारण विद्यार्थीहरूलाई लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको र त्यसप्रति परीक्षा नियन्त्रक कार्यालयले बेवास्ता गरेको भन्दै संगठनले विरोध स्वरूप तालाबन्दी गरेको नेकपा (माओवादी केन्द्र) विराटनगरका विद्यार्थीका इन्चार्ज शशी यादवले बताए ।
परीक्षा नियन्त्रक गोविन्द गुरागाईं लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नरहेको आरोप पनि उनीहरूले लगाएका छन् ।
अखिल (क्रान्तिकारी)ले तत्काल परीक्षा केन्द्र नजिकका क्याम्पसहरूमा सार्न माग गर्दै आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।
यता परीक्षा सह–नियन्त्रक पक्षको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण