सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल
बुधबार, ०७ जेठ २०८२, १० : १३

समाचार सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन ८४ को चुनावसम्मै निरन्तर रहने दाबी गरे।
- उनले सरकार ढल्ने हल्ला निराधार भएको र साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटी अन्त्य गर्न एमाले र कांग्रेस मिलेको बताए।
- पोखरेलले दुई दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् ।
प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने दाबी गरेका हुन् । साथै सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनले बताए ।
सत्ता साझेदार दलबिच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलले जिकिर गरे ।
‘दुई दलबिच असमझदारी हुँदासम्म सरकार ढल्दैन’, उनले भने, ‘असमझदारी नभए पछि कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाजपाका नेता जोलीले भने– नेपालका ८१ प्रतिशत जनताले हिन्दु राष्ट्र चाहन्छन्
-
पोखरा विमानस्थलको प्रतिवेदन अपुरो : गोकुल बाँस्कोटा
-
शिक्षा समितिको बैठक सुरू, विद्यालय शिक्षा विधेयकमा छलफल हुने
-
गौशालामा बसले ७ वटा सवारी साधनलाई ठक्कर दिएपछिको तस्बिर हेर्नुहोस्
-
वैदेशिक अनुदान र ऋणमा देखिएको कमजोरी : लेखापरीक्षणको नजरमा
-
गगन थापाले सर्वोच्चमा पठाए लिखित जवाफ