सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल
बुधबार, ०७ जेठ २०८२, १० : १३
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन ८४ को चुनावसम्मै निरन्तर रहने दाबी गरे।
- उनले सरकार ढल्ने हल्ला निराधार भएको र साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटी अन्त्य गर्न एमाले र कांग्रेस मिलेको बताए।
- पोखरेलले दुई दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् ।
प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने दाबी गरेका हुन् । साथै सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनले बताए ।
सत्ता साझेदार दलबिच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलले जिकिर गरे ।
‘दुई दलबिच असमझदारी हुँदासम्म सरकार ढल्दैन’, उनले भने, ‘असमझदारी नभए पछि कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण