बोरवेलमा खसेको १० दिनपछि बालिकाको उद्धार,अस्पतालद्वारा मृत घोषित
राजस्थान । राजस्थानको कोटपुतली–बेहरोर जिल्लाको किरातपुर गाउँको बोरवेलमा डिसेम्बर २३ गतेदेखि फसेकी एक बालिकालाई बुधबार बाहिर निकालिएको छ । बालिकालाई सिधै जिल्ला अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
राजस्थानमा बोरवेलबाट यस्तो उद्धार गर्न १० दिन लागेको यो पहिलो पटक हो। एनडीआरएफका सहायक कमाण्डेन्ट योगेश मीनाले घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘बालिकाको उद्धारका लागि सबै विज्ञको सल्लाह लिएर सुरुदेखि नै उद्धार भइरहेको थियो । बोरवेल बाँगिएको कारण बालिका फसेकी थिइन् । लगभग १७० फिट टनेल बनाउनको लागी धेरै समय लाग्यो।
बालिका बोरवेलमा खसेको भोलिपल्टदेखि नै क्यामेरामा कुनै हिलचलन ट्र्याक भएन। बोरवेलमा खसेपछि बालिकालाई पिउने पानी पनि उपलब्ध हुन सकेको थिएन। ७ सय फिट गहिरो बोरवेलमा बालिका करिब १७० फिट गहिराइमा फसेको थियो । उद्धार टोलीले उनलाई हुक प्रयोग गरेर करिब २० फिटमाथि तानेको थियो।
पछिल्लो समय वर्षाका कारण उद्धार कार्य धेरै पटक रोकिनु परेको थियो । धेरै घरेलु समाधानहरू असफल भएपछि, बोरवेलको समानान्तर खन्ने काम गरियो र बालिकासम्म पुग्न सुरुङ निर्माण गरियो।
बोरवेलमा बालिका खसेको सूचना पाएलगत्तै स्थानीय प्रहरी प्रशासन घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । त्यसपछि एनडीआरएफ र एसडीआरएफको टोली पनि घटनास्थल पुग्यो ।
यस उद्धार कार्यका लागि हरियाणाबाट पाइलिङ मेसिन बोलाइएको थियो र उत्तराखण्ड सुरुङ दुर्घटनामा सफलतापूर्वक उद्धार कार्य गरेका र्याट माइनरहरूलाई पनि बोलाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण