समिति बैठक
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक समितिबाट पारित
बिहीबार, १८ पुस २०८१, १६ : २३

काठमाडौँ । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट पारित गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । लगत्तै उक्त विधेयक सर्वसम्मतिबाट पारित गरिएको हो ।
उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । विधेयक पारित हुनुअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा लागुऔषध सहित एक जना पक्राउ
-
तीनकुने प्रकरणको मुद्दा हेर्दाहेर्दैमा, ४ जना सरकारी वकिलहरूको बहस सकियो
-
नेदरल्यान्डसविरूद्ध नेपालले पायो २२६ रनको लक्ष्य
-
विपद् न्यूनीकरणको लागि सामुदायिक विपद् स्वयंसेवक तथा विपद् सूचक प्रभावकारी हुनुपर्नेमा जोड
-
आरसीबीको विजय उत्सवमा भागदौड, सात जनाको मृत्यु
-
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री